रामबहादुर बमजनविरुद्ध अर्को उजुरी,महिला बेपत्ता पारेको भन्दै प्रहरीमा उजुरी

काठमाडौं,२ माघ । अहिले जता ततै चर्चाको बिषय बनेको छ । बाराको जंगलमा लामो समय सम्म तपस्या बसेर लिटिल बुद्ध भनिएका तपश्वीको रामबहादुर बमजनविरुद्ध अहिले थुप्रै उजुरी पर्न थालेको छ ।

बम्जनको आश्रमबाट २ जना आनी र २ जना अनुयायीहरु गरि ४ जना बेपत्ता भएको भन्दै उजुरी परेको थियो । बाराका सुरेस आलेमगर र मकवानपुरका सञ्चलाल वाइबा वेपत्ता भएको भन्दै उजुरी परेको थियो । हत्या गरि बेपत्ता पारेको आरोप लागेका प्रहरीमा अर्को जाहेरी परेको छ ।

बेपत्ता भएका सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । त्यहाँका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले आश्रमबाट बेपत्ता भएको भन्दै आमा सुम्नीले जाहेरी दिएको पुष्टि गरे ।

उनका अनुसार ०६६ सालमा गढीमाइ मेलामा गएदेखि बेपत्ता भएको जाहेरीमा उल्लेख छ । ‘त्यसभन्दा अघि बाराको हलखोरियास्थित बमजन आश्रममा उनी बसेकी थिइन्’, परिवारले भनेको छ, ‘बली रोक्छु भनेर फरार भएका वेला रिता बमजनसँगै थिइन् ।’

यस अघि प्रहरीले सिन्धुपाल्चोकस्थित बमजन आश्रममा छापा मारेको थियो । त्यहाँ केही नुनका प्याकेटहरुपनि फफेला परेको थियो । साथै बम्जन अहिले बस्दै आएको भनिएका सिन्धुलीस्थित उनका आश्रममा पनि प्रहरीले छापा मारी एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो