फेसबुकमा फोटो अपलोड गर्दा यी कुरा प्रयोग गर्नुहोस् जसले सुरक्षा दिन्छ,साथै रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्

एजेन्सी । सन् २००४ मा युएसए को हार्भड विश्वविद्यालयका साइन्सका विद्यार्थी मार्क जुकर्बर्गले फेसबुक एसको प्रतिपादन गरेका थिए । हार्भड विश्वविद्यालयबाट अहिलेका विश्वकै धनि व्यक्तिहरु थुप्रै उत्पादन गरेको विश्वविद्यालयको सुचिमा पर्दछ । त्यस्तै जुकर्बर्गलाइ पनि जन्मायो ।

उनले प्रतिपादन गरेको सामाजिक सञ्जाल फेसबुक आजभोलिको जमानामा नचलाउने सायद कमै होलान। अर्बौ मानिसले फेसबुक चलाउने गर्छन । डिजिटलाइज दुनियामा नया नया कुराहरु प्रतिपादन पनि भैरहेका छन् । विश्वलाई एकै ठाउमा जोड्ने उदेश्यले फेसबुकको प्रतिपादन गरेका थिए । हरेक कुराहरुको राम्रो पक्ष र नराम्रो पक्ष अवश्य पनि हुन्छ त्यस्तै फेसबुक पनि यसबाट अछुतो रहन सक्दैन । हरेक कमी कमजोरीहरुलाई सुल्झाउदै अघि बढिरहेको छ ।

तर,यो फेसबुक युजरहरुमा पनि भर पर्ने हुन्छ । हामीले फेसबुक चलाउदा ध्यान दिनु पर्दछ । यसै फेसबुकका कारण कति जनाले ज्यान समेत गुमाई सकेका छन् । अश्लिल फोटो तथा भिडियोले यसको चरम दुरुपयो गरिरहेको समेत छ ।

फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले काहीँ त फोटो नै बिग्रने गर्छ ।

यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकल्ली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही कारण फोटोका नराम्रो देखिएको हो ।

रेगुलर फोटोको लागि फेसबुकले डिफल्ट साइज ७२० पिक्सेल, ९२० पिक्सेल, २०४ पिक्सेलको मापदण्ड राखेको छ । जबकि कभर फोटोका लागि यो साइज ८५१ देखि ३१५ पिक्सेल मात्रै हो ।

फेसबुकले हाई क्वालिटी फोटोलाई कम्प्रेस गरेर त्यसको क्वालिटी पनि घटाइ दिने गर्छ । यस्तो अवस्थामा तपाईले यी टिप्सलाई ध्यान दिनु उपयुक्त हुन्छ ।

१ फोटो अपलोड गर्नुभन्दा पहिला इमेज एडिट प्रोगामको माध्यमबाट फेसबुकको डिफल्ट साइजमा सेभ गर्ने ।

२ कम्प्रेशनबाट बच्नका लागि १०० केबीभन्दा कम फाइल साइजलाई कभर फोटोमा अपलोड गर्ने ।

३ फेसबुकले तपाईलाई एइआरजीबी कलर प्रोफाइलका साथ जेपीईजी फर्मेटमा फोटो सेभ गर्ने सल्लाह दिन्छ ।

४ फोटो अपलोड गर्ने बेला हाई क्वालिटी चेक बक्समा टिक गर्न नभुल्नु होला । यो बक्स तपाईको अपलोडिंग वीण्डोको बाँयातर्फ दिखिनेछ । यति काम गर्नु भयो भने तपाईको फोटो फेसबुकमा पहिलाकै जस्तै राम्रो र क्वालिटीको देखिनेछ ।

यो पनि पढ्नुहोस:

  •  फेसबुकका मालिक जुकरबर्गको सुझाव : फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

 

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकका मालिक माइक जुकरवर्गले फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिएका छन् :

फोन नम्बरः
मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

जन्मदिनः
ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः
अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

रिलेसनशीप स्टेटसः
यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

क्रेडिट कार्ड डिटेल्सः
क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

आफ्नो बोसलाई नजोड्नुहोस्ः
यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बोसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः
फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

छुट्टिको जानकारी नदिनुहोस्ः
याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

परिवारको तस्बिर नराख्नुहोस्ः
यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः
तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः
आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ