श्रीमतीलाई बलात्कार गर्ने युवक जेल चलान

काठमाडौँ। ताप्लेजुङमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पारेका एक युवक जेल चलान भएका छन् । अरोपी २० वर्षीय युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

श्रीमानले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै श्रीमतीले उजूरी गरेपछि गत पौष ४ गते पक्राउ परेका युवकलाई जिल्ला अदालत ताप्लेजुङको आदेश अनुसार कारागार चलान गरिएको हो। पुर्पक्षका लागि कारागार चलान गरिएको युवाका थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ ।