बर्दियामा गोली चल्यो,हत्या अरोपी पक्राउ

काठमाडौं,२ माघ। प्रहरीले बर्दियामा हत्या आरोपीलाई पक्राउ गर्न गोलि चलाएको छ । प्रहरीले युवराज गिरीलाई हत्याको संलग्नतामा मुछिएपछि खोजि कार्य गर्दै आएका थियो। गिरीको खुट्टामा गोलि लागेको र कोहलपुर टिचिङ हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।

शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको छ ।