कान्छा लाई बोलाउँदै आइन् सिर्जना कार्की (भिडियाे सहित)

काठमान्डाैं, २ माघ । गायिका सिर्जना कार्कीको ‘कान्छा’ बोलको मारुनी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका कार्कीकै स्वर र उनकै सङ्गीत रहेको मारुनी गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको हो ।

प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की लोक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् । अर्पण कार्की तथा गायिकाको शब्द रहेको गीतको म्युजिक भिडियोमा अजिता खड्काको साथमा साधना कला केन्द्र समूहको नृत्य तथा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापाको अभिनय रहेको छ ।

उक्त गीतमा राम कुमार केसीको छायांकन, सुशील न्यौपानेको सम्पादन अजिता खड्काको कोरियोग्राफी र अर्पण कार्कीको निर्देशन रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएकी गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

भिडियो हेर्नुहोस् :