आज नेपाली बजारमा सुनको मूल्य यस्तो छ

काठमाडौँ, २ पुस । बहुमुल्य धातु सुन बुधबार नेपाली बजारमा प्रतितोला ६१ हजार रुपैयामा कारोबार भैरहेको छ। गत सोमबार ६० हजार २ सय रुपैयामा कारोबार भएको सुन हिजो प्रतितोला ८ सय रुपैयाँले बढेको थियो भने आज भने स्थिर रहेको हो।

आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसै गरि आज चाँदीको मूल्य प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।