सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मुल्य स्थिर रहेको छ। हिजो प्रतितोला ४ सय रुपैयाले बढेर ६१ हजार रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज भने स्थिर रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ६० हजार ७ सय रुपैंयामा किनबेच भइरहेको छ । त्यसैगरि आज चाँदीको मुल्य ७ सय ६५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।