यी युवती को हुन् जस्ले गायक निशान भट्टराईलाइ एक दिनमै १ सय ५० पटक फोन गरेर हैरान गरिन ?

काठमाडौं । नेपाल आइडल–१बाट नेपाली सांगीतिक क्षेत्रमा उदाएका गायक हुन्, निशान भट्टराई । उनै गायक भट्टराईलाई युवतीहरुको फोन हैरान पारेको छ ।

उनकाअनुसार पोखराकी डाइहार्ड फ्यान युवतीले एक दिनमै १ सय ५० पटकसम्म फोन गरिन् ।

फुर्सदका बेला फोन रिसिभ गरे पनि अरु बेला रिसिभ नगर्दा ति युवतीको फोन आइरहने उनको भनाइ छ । तर, ती युवतीको नाम भने उनले भनेनन् ।

यस्तै कुनै कार्यक्रममा जाँदा पनि युवतीहरुले हैरान पार्ने बताएका गायक भट्टराईले इटहरीकी एक डाइहार्ड फ्यानले सामाजिक सञ्जालमार्फत निरन्तर म्यासेज पठाएर विवाहका लागि प्रस्ताव गरेको जानकारी दिए ।