यी हुन् धरानका ३१ बर्षिय सन्तोष राई जस्ले राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर नेपाली युवतीलाई भारतका वेश्यालयमा बेच्ने गर्थे

काठमाडौँ । भारतको वेश्यालयमा लगेर नेपाली चेली बेचेको आरोपमा एक युवक पक्राउ परेका छन्। राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर नेपाली युवतीलाई भारतका वेश्यालयमा वेचेको आरोपमा सुनसरीको धरान नगरापलिका १७ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

राईले आकर्षक जागिर लगाईदिने प्रलोभनमा नेपाली युवतीहरुलाई झुक्याएर भारतको नयाँदिल्लीस्थित जिबिरोडको बेश्यालयमा बेच्ने गरेको आरोप छ । राईले नेपाली युवतीलाई ६ लाख सम्ममा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनी चेलीबेटी बेचबिखन गर्ने गिरोहका नाइके समेत रहेको प्रहरीको दाबी छ |