यी महिला बलिउडकी चर्चित अभिनेत्री आयशा टकिया नै हुन् ? सात वर्षपछि देखिइन् यस्तो रुपमा !

काठमाडौ, २ माघ । बलिउडकी नायिका आयशा टाकिया सात वर्षपछि परिवर्तित रुप लिएर देखा परेकी छिन् ।

पछिल्लो समय फिल्मबाट टाढीएकी आयशा मुम्बईको एक सैलुनमा उनी चिन्न समेत मुश्किल पर्ने र निकै मोटी अवस्थामा देखिएकी हुन् ।

आयशाकी आमा गुजराती हुन भने बुवा मुसलमान हुन । उनले २००९ मा व्यापारी फरहान आजमीसँग विवाह गरेकी थिइन् भने अहिले उनीहरुका एक छोरा रहेको छ ।

उनले सामाजिक सञ्जालमा पोष्ट गरेको मोटी र आर्चश्र्यजनक अहिले भाइरल भएको छ । त्यस फोटो सामाजिक सञ्जाल आएपछि उनका फ्यानले प्रश्न गरेका छन ,यस्तो कतै सर्जरी गराएको त होइन?’

केही फ्यानले त उनको लुकलाई लिएर अश्लिल कमेन्ट पनि गरेका छन् । एक फ्यानले त उनलाई पानीको ट्यांकी समेत भनेका छन् । कसैले उनलाई इण्डियन किम कार्द्शियनसम्म भनेका छन । यसैगरी सबैले उनको मजाक उडाएका छन । त्यसैक्रममा एक फ्यानले उनलाई राखी सावंतसम्म भनेका पनि छन् ।

उनले २००४ मा फिल्म टार्जरस् द वंडर कार बाट बलिउडमा कदम राखेकी थिइन् । त्यसपछि उनले दिल मांगे मोर, सोचना ना था, डोर, कैश, संडे, दे ताली, वान्टेड, पाठशाला जस्ता फिल्ममा अभिनय गरेकी छन् । उनको अन्तिम फिल्म २०११ मा मोड रिलीज भएको थियो ।