चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २ माघ । चलचित्र ‘बुलबुलु’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा रहेको चलचित्र ‘बुलबुलु’को ट्रेलर सार्बजनिक भएको हो ।

‘बुलबुल’को ट्रेलरमा स्वस्तिमा खड्कासँगै नायकका रुपमा नवअभिनेता मुकुन भुसालको अभिनयलाई देख्न सकिन्छ । त्यस्तै ट्रेलरमा देखिएकी अर्की नायिका लक्ष्मी बर्देवाको अभिनय पनि स्वाभाविक र चरित्रार्थ देखिन्छ ।

चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन् भने चलचित्रमा अविरल थापा लगायतको लगानी रहेको छ । स्वस्तिमा र मुकुनकाे अलावा चलचत्रिमा बुद्धि तामाङ्ग, दीपक क्षेत्री, एलिना कार्की, जोयश पाण्डे आदिको पनि अभिनय रहेको छ ।

सार्वजनिक ट्रेलरमा स्वस्तिमा खडकाको नुहाईरहेको र चुरोट तानिरहेको न्यूड सिन पनि देखिएको छ । ती दृश्यले चलचित्र ‘बुलबुल’मा स्वस्तिमाले के चाँहि गरेकी छिन् त भनेर थप कौतुहलता थपेको छ । त्यसैगरि नवअभिनेता मुकुन भुसालको जीवन्त अभिनय र उनले बोल्ने पश्चिमी नेपालको लवजले चलचित्र रोचक बनेको प्रतित हुन्छ ।

चलचित्र आगामी फागुन ३ गते रिलिजको क्रममा रहेको छ ।

ट्रेलर हेर्नुहोस् :