आइफोन किनेर साथीहरुको अगाडी शान देखाउन यी युवकले मृगौला बेचेपछि भयो यस्तो हालत !

काठमाडौं, २ माघ । महँगो मोबाइल बोक्ने सपनाका कारण मानिसले के के गर्न सम्म पछि पर्दैन भन्ने कुरा भरखरै सार्बजनिक भएको खबरबाट पुष्टि हुन्छ ।

आइफोन बोक्ने क्रेजका कारण एक युवकले मृगौला नै बेचेका छन् । एउटा मृगौलाले काम चल्ने भएपछि अर्को मोबाइल किन चाहियो भन्ने सोच बोकेका ती युकको यो सोचाइ यतिबेला गलत सावित भएको छ । उनको अर्को मृगौलाले पनि काम गर्न छोडेको छ ।

चीनको एन्हुइ प्रान्तका एक २५ वर्षिय युवकले आइफोनको रहर पुरा गर्न मृगौला बेचेको कारण अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन् । एउटा मृगौला बेचेपछि अर्को मृगौलाले पनि काम गर्न छोडेको कारण डायलसिसको भरमा बाँचेका छन् । उनले आइफोन किन्नको लागि २५ हजार युआन अर्थात नेपाली रुपैयाँ ४ लाखमा मृगौला बेचेका थिए ।

गरिब परिवारमा जन्मिएका उनी आइफोन लिएर साथिको अगाडी सान देखाउन चाहन्थे । उनले मृगौला बेचेर नै आइफोन ४ र आइफोन २ किनिसकेका थिए । उनले गैरकानुनी रुपमा ब्ल्याक मार्केटमा आफ्नो मृगौला बेचेका हुन् । चिनीया सञ्चार माध्यमको अनुसार यतिबेला अस्पतालमा भर्ना भएर बसेका छन् ।

उनलाई पहिलो मृगौला किन्ने बेलामा भएको संक्रमणको कारण अर्को मृगौला पनि खराब भएका चिकित्सकको भनाइ रहेको छ । उनकाे मृगौला निकाल्ने बेलामा चिकित्सकले लार्पबाही गरेको कारण यस्तो समस्या भोग्नु परेको हो । यस्तो घटनाको सार्वजनिक भएसँगै उनको मृगौला निकालेको आरोपमा ९ जनालाई प्रहरीले प्रक्राउ गरिसकेको छ ।