नांगै भएर दौडिएकी थिइन् प्रोतिमा, छोराको बुवा काे हो भन्नेमा थिइन् कन्फ्युज

एजेन्सी। कबीर बेदी ७३ वर्षको भए। १६ जनवरी १९४६ को लाहोर पाकिस्तानमा जन्मिएका कबरले अहिलेसम्म चार वटा विवाह गरेका छन्। तर उनको पहिलो विवाहको फैसला हतार हतारमा लिनु परेको थियो। सन २००० मा प्रकाशित एक लेखका अनुसार कबीर बेदीको इन्गेजमेन्ट अम्बा सान्याल नामकी एक युवतीसँग भइसकेको थियो। तर उनी १९ वर्षीया मोडल प्रोतिमा बेदीगुप्तासँग लिभइन रिलेशनशिपमा थिए। यहीबीचमा प्रोतिमा गर्भवती भइन र कबीरले उनीसँग विवाह गर्नुपर्यो। विवाहको केही महिनापछि उनले छोरी पूजा बेदीलाई जन्म दिइन्।

उक्त लेखका अनुसार पूजा नब ८ महिनाकी थिइन् तब, कबीर कुनै फिल्मको शुटिङका क्रममा बाहिर थिए। यस क्रममा प्रोतिमाको अफेयर छिमेकमा बस्ने जर्मन व्यक्तिसँग चल्यो। केही समयपछि प्रोमिताको अर्को बच्चा (छोरा सिद्धार्थ) लाई जन्म दिइन्। तर छोरा सिद्धार्थ ती जर्मन नागरिककाका थिए वा कबीर बेदीका थिए भन्न कुरामा प्रोतिमा अन्योलमा थिइन्।

पछि प्रोतिमाले आफ्नो यो अन्योलता छोरा सिद्धार्थसँग पनि शेयर गरेकी थिइन्। सिद्धार्थ मानसिक रोगी थिए। उनले २६ वर्षको उमेरमा अमेरिकामा आत्महत्या गरेका थिए।

प्रोतिमा र कबीरबीच विवा गरेको पाँच वर्षपछि सम्बन्ध विच्छेद भएको थियो। प्रोतिमा मोडल र क्लासिकल डान्सर पनि थिइन्। उनी डान्स स्कुल पनि संचालन गर्थिन्। आफ्नो निधन भन्दा केही समय अगाडि मात्रै उनले डान्स स्कुल बन्द गरेकी थिइन्। १८ अगस्ट १९९८ मा मलपा, पिथौरागढ उत्तराखण्डमा पहिरोमा परी उनको निधन भयो। उनी मानसरोवर यात्राकालागि निस्किएकी थिइन्।

प्रोतिमाले सिनेब्लिट्ज म्यागेजीनको प्रचारकालागि जुहू समुन्द्रमा नांगै दौडिएकी थिइन्। १९७४ मा यो म्यागेजीन लन्च हुँदै थियो। उक्त म्यागेजीनको प्रचारकालागि म्यागेजीनका चीफ करंजियाले यो आइडिया निकालेका थिए।