बुवासँग घाँस काट्न गएका किशोर बँदेलको आक्रमणबाट गम्भीर घाइते

मार्तडी, २ माघ । बाजुरामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् ।

बँदेलको आक्रमणबाट जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकायालाई बँदेलले आक्रमण गरेको हो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अछामको बयालपाटा अस्पताल लगिएको छ ।