प्रहरीेको कुटाइबाट फुट्यो बस्नेतको पिसाब नली !

बागलुङ, २ माघ । सामान्य विषयमा विवाद हुँदा प्रहरीको कुटाइबाट बाग्लुङका एक व्यक्ति सख्त घाइते भएका छन् ।

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाले कुट्दा जिल्लाको गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका हुन् ।

कुटाइका कारण बस्नेतको मुत्र नली फुटेको अस्पताल स्रोतले जनाएको छ । उनलाई स्थानीय निजी अस्पतालमा उपचार सम्भव नभएपछि पोखरा लगिएको छ । अहिले पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् ।

कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले उनको अपरेसन गरिएको फेवासिटी अस्पतालले जनाएको छ । सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै स्थानीय बासिन्दाले घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।