नेपाली बालिकाको मूल्य मात्र ६ लाख ! पक्राउ परे बेश्यालयमा बालिका बेच्ने गिरोहका नाइके !!

काठमाडौं, २ माघ । भारतको नयाँ दिल्लीस्थिति जिबी रोडको वेश्यालयमा नेपाली बालिका बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राम्रो काम लगाइ दिने प्रलोभन देखाएर वेश्यालयमा बेच्ने धरान नगरपालिका–१७ का ३१ वर्षीय चोङहाङ राई भन्ने सन्तोष राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त राईले राम्रो काम लगाइदिने भन्दै नेपाली बालिकालाई भारतको नयाँ दिल्लीस्थित जिबी रोडको बेश्यालयमा पुर्याइ ६ लाख रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

राई मानव बेचबिखनमा संलग्न भएको खुलेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले राईलाई धरान नगरपालिका–१७ धनकुटे रोडबाट पक्राउ गरेको हो । राईलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय धरान सुनसरीमा बुझाइएको सो व्युरोले जनाएको छ ।