पार्टी गर्दा डिस्टर्ब हुन्छ भयो भनेर आमाले खुवाइन् आफ्नो ८ महिने बिरामी छोरालाई भोड्का, त्यसपछि भयो छोराको मृत्यु !

एजेन्सी, १ माघ । भाइरल संक्रमणबाट ग्रस्त भएको एक बालकलाई आमाले भोड्का खुवाइदिएपछि मृत्यु भएको समाचार बाहिरिएको छ ।

आफुलाई पार्टी गर्नको लागि डिस्टर्ब भए पछि सुताउनको लागि एक महिलाले आफ्नो ८ महिने बालकलाई भोड्का खुवाएको कारण मृत्यु भएको हो ।

पश्चिमी रसियाको शेबेकिनोमा शहरमा जखर नाम गरेका एक बालकको आमाकै लापरवाहीको कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् ।

केहि दिन देखि बिरामी रहेको जखरलाई आमा नादेज़्दाले स्थानीय अस्पतालमा लगेकी थिइन् । अस्पतालले जखरलाई भाइरल इन्फेक्सन भएको बताउँदै अस्पतालमै राखेर उपचार गर्न सल्लाह दिएको थियो । तर नादेज़्दाले भने अटेरी गर्दै जखरलाई घर लगेकी थिइन् ।

बिदाको समयमा छोरा बिरामी भएपछि रमाइलो गर्न नपाइने भएको कारण नादेज़्दाले अस्पताल भर्ना गर्न नमानेको उनका परिवारको आरोप छ । पार्टी गर्नको लागि छोराले डिस्टर्ब नगरोस् भन्दै भोड्का खुवाएको पनि परिवारले आरोप लगाएको छ ।

मिडिया रिपोर्ट अनुसार बालकको जनवरी ५ मा मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जखरको मृत्यु भाइरल इन्फेक्सनकै कारण भएको पुष्टि भएसँगै नादेज़्दा माथि प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ ।