कागती पानीको फाइदा विषालु पदार्थ निष्काशन देखि पत्थरी चट पार्ने सम्म

एजेन्सी । कागतीमा भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ ।

भिटामिन ‘सी’ले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ ।मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने रहेको छ ।

कागतीबाट हुने यी फाइदा :

बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।
कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउने।

पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ ।

कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।

रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।

मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरीबाटा छुटकारा पाउने ।