गोहीलाई खाना दिन गएकी वैज्ञानिकलाई नै गोहीले आफ्नो शिकार बनाएपछि …!

सुलावेसी, १ माघ । इण्डोनेशियामा एक वैज्ञानिकलाई गोहीले ज्यूदै निलेको घटना सार्वजनिक भएको छ ।

इण्डोनेशियन रिसर्च फेसिलिटीमा काम गर्ने ४४ वर्षीय साइन्टिस्ट डेजी तुवा ल्यावमा मेरी नामको गोहीलाई खाना दिने बेलामा मासु दिन गएकी थिइन्, त्यहिँ बेला गोहिले उनलाई आफ्नो शिकार बनाएको हो ।

फेसिलिटीका स्टाफ त्यो बेला चकित बने, जुन बेला उनीहरु पानी दिनका लागि गोही नजिक पुगे । उनीहरुले गोहीको मुखमा वेपत्ता बनेकी महिलाको शरीरको केही भाग देखे । त्यसपछि उनीहरुले प्रहरीलाई तुरुन्त फोन गरेर घटनाका बारेमा जानकारी गराए ।

१७ फिट लामो गोहीको मुखमा दोस्रो दिन महिलाको शरीरको एक भाग भेटियो । त्यसपछि गोहीले महिलालाई जिउँदै निलेको पत्ता लागेको हो । अहिले प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।