यी हुन् उमेर छिप्पिएपछि पाको उमेरका धनाड्यसँग लगनगाँठो कस्ने नेपाली नायिकाहरु !

काठमाडौँ, १ माघ । ‘माया एउटासँग बिहे अर्को सँग’ भन्ने गीत जस्तै नेपाली सिने जगतका नायिकाहरुले उमेर ढल्कँदै गएपछि धनाढ्य तर पाको जीवनसाथी रोज्ने गरेका छन् । गत वर्ष मात्रै नायिका आशिष्मा नकर्मीले चार्टर्ड एकाउन्टेन्ट व्यवसायी नवीनचन्द्र प्रधानसँग लगनगाँठो कसिन् ।

त्यसो त गरिमा पन्तले पनि बेल्जियममा रेस्टुरेन्ट चलाएर बस्ने उमेर ढल्किएका हरि शर्मा थपलियालाई जीवनसाथी रोज्न पुगिन् । फिल्म लाइनकै प्रसन्न पौडेलसँगको सम्बन्ध तोडेर सिम्पल खनालले भारतीय मूलका नदिमलाई आफ्नो बनाइन् ।

रेजिना उप्रेतीले लण्डनमा व्यवसाय गर्ने सुरज पोखरेललाई रोज्दा हर्षिका श्रेष्ठले भारतीय व्यापारी प्रसुन्न झुनझुनवालसँग लगनगाँठो कसिन् ।

नयाँ नायिकाहरु मात्र होइन, पुरानो नायिका विपना थापाले भारतीय व्यापारी आशुतोष भारद्वाज रोज्नु, झरना बज्रचार्यले भारतीय मूलकै राहुल अग्रवालसँग साइनो गाँस्नु, अरुणीमा लम्सालले व्यवसायी अमित अर्याल खोज्नुलगायत उदाहरण हेर्दा व्यवसायी नायिकाका लागि जति पनि खर्च तर्न तयार हुने, नायिका पैसावाल श्रीमान रोज्ने र व्यवसायी र नायिकाबीचको लगनगाँठो कस्ने चलन बढ्दै गाएको छ ।