सावित्री सुबेदीले चेतना दिदै भनिन : चरित्र हत्या नगर यसको मुल्य धेरै महँगो हुनेछ

काठमाडौँ । यति बेला महिला अधिकारकर्मी तथा अभियानता सावित्री सुबेदी चरम विवादमा छिन । एक अन्तर्वार्ताको क्रममा रबि लामिछानेको विषयमा बोलेको नकारात्मक अभिव्यक्तिले गर्दा उनि आलोचित बनेकी हुन । उनको आलोचना यत्ति सम्म भइरहेको छ की । देश तथा विदेशमा रहेका नेपालीहरुले उनको र मुकुन्देको तस्बिर जोडेर बिबाह पनि गरिसकेका छन । सावित्रीले सोहि तस्बिर आफ्नो फेसबुकमा राख्दै चरित्र हत्या गर्नेहरुलाई चेतावनी दिएकी छन ।

हेर्नुहोस सावित्रीको स्टाटस जस्ताको त्यस्तै :

मलाई जोडेर सामाजिक संजालमा पैशाको बार्गेनिङ गरेको, अनेक मान्छेसंग फोटो जोडेर बाहिर आएको छ भनेर मेरा सुभचिन्तकहरुले मलाई के हो भनेर सोध्नु भएको छ । म यस्ता हुदैं नभएको कुराको बारेमा चासो नै नराखौ भन्ने सोचमा थिएं । तर धेरैले केहो केहो भन्नु भएकोले केहि लेख्दैछु ।

मलाई थाहा छ मैले धेरैको मनमा चोट पुर्याएको छु । अहिलेसम्म ७७ वटै जिल्ला पुगेर ७०० भन्दा बढि आफ्नै बाउं, काका, आफन्त, गाउँको धनाड्यले बृद्दा, गरिबका अपाङ, साना बच्चिहरुमाथि लगातार ,बर्षौबर्ष देखिका बलत्कारका केस उठाइन मात्र तिनलाई जेलसम्म पुर्याए पनि । यहिहो मेरो अपराध, त्यसैले, ति बच्चिहरुका जिवन चुसेका ब्वासाहरुले मेरो बिरुद्द यस्ता झुठा आरोप लगाएर मलाई झुठ बनाउन खोज्दैछ्न । यो आरोप प्रमाणीत गरेर कार्वाहि गर्न म खुल्ला छु । अरु अपराधी लाई कार्वाहि गराउने मलाइ अपराध गर्न छुट छैन । तर यिनलाई एउटै अनुरोध , आरोप लगाउने मान्छे अघि लेउ, पैशा खाए को प्रमाणीत गर , मलाई जेल पठाउं । तर फेक कुरा तयार गर्न समय खर्चेर मेरो चरित्र हत्या नगर । यसको मुल्य धेरै महंङो हुनेछ ।

# जयनारी

सावित्रीले अर्को स्टाटस अपडेट गर्दै यस्तो जानकरी पनि दिएकी छिन :

साथिहरु म अहिलेपनि कुनै पिडितलाई न्याय दिने सिल्सिलामा बाहिर छु । यहां राम्रो नेटवर्क पनि टिपेको छैन , सामाजिक संजालमा मेरो नामको फेक आइडि बनाएर मेरो बारेमा भ्रम छर्ने भएको छ । यस्ता कुराले मेरो अन्यायका बिरुद्द लड्ने साहास एकरति पनि घट्ने छैन । तर म साथिहरुलाई अहिले चांहि यो फेक आइडी कहां बाट कस्ले चलाएको होला पत्ता लागाइदिन आग्रह गर्दछु ।