फरार व्यक्ति पक्राउ गरेको छ

कलैया, १ माघ | विगत ६ वर्षदेखि लागुऔषध तथा चरेस मुद्दाका फरार व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेका छन् ।

विसं २०६९ असार २४ गते जीतपुर–सिमरा उपमहानगरपालिका–८ का असर्फी साहलाई सो मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ६ महीना र दुई हजार नगद जरिवानाको फैसला गरेपछि निज साह लुकिछिपी बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय सिमराले साहलाई सोमबार पक्राउ गरी वीरगञ्ज करागारमा पठाएको प्रहरी प्रवक्ता रञ्जीत सिंह रठौरले जानकारी दिनुभयो । रासस