ओमानका यी चर्चित गायकले गाए नारायण गोपालको गीत, सामाजिक सञ्जालमा रातारात भाइरल ! (भिडियो हेर्नुहोस)

काठमाडौँ, ३० पुस । संगीतको कुनै जात हुँदैन, न त भाषा, न त धर्म न त कुनै सिमा नै । यो निरन्तर बग्छ आफ्नै धुनमा कहिँ कतै नरोकिने गरी । त्यसैले त हामीले विभिन्न भाषाका गीत गाउँछौं अनि बिदेशीहरुले पनि हाम्रो नेपाली भाषाको गीत गाउँछन् । जब हामी अन्य देशका व्यक्तिले नेपाली गीत गायको सुन्छौं हामी उसै उसै मदहोस हुन्छौं ।

पछिल्लो समय सामाजिक संजालमा ओमनका एक चर्चित गायक हैथम मोहम्मद रफीले नेपाली स्वर सम्राट नारायण गोपालको गीत गएको भिडियो भाइरल भएको छ । उनले नारायण गोपालको ‘एउटा मान्छेको मायाले कति बोलको’ गीत यति राम्ररी गएका छन् कि उनको गीत सुन्दा लाग्छ उनि कुनै नेपाली चर्चित गायक नै हुन् ।

नेपाली दूतावास ओमानले आयोजना गरेको संविधान दिवसको एक कार्यक्रममा उनले नेपाली गीत गाएका हुन् । स्मरण रहोस रफी भारतको चर्चित रियालिटी शो ‘दिल हे हिन्दूस्तानी’ का विजेता हुन् ।