रञ्जु दर्शनालाई र रवीन्द्र मिश्रसँग जोडेर समाचार लेख्ने मुक्ति मिडिया प्रालि र नेपालटक डटकमका सञ्चालक रोका पक्राउ !

काठमाडौं, १ माघ । विवेकशील साझा पार्टीबाट अलग्गिएकी नेतृ रञ्जु दर्शनालाई विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रको नाम जोडेर समाचार लेख्ने मुक्ति मिडिया प्रालि र नेपालटक डटकमका सञ्चालक श्याम रोका पक्राउ परेका छन् ।

रोकालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बुढानिकण्ठबाट पक्राउ गरेको हो ।

रञ्जुले रवीन्द्र मिश्रसँग जोडेर आएका समाचारको खण्डन गर्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । पार्टी फुटेपछि केही अनलाइनले मिश्रले रञ्जुलाई बलात्कार प्रयास गरेको आसयका समाचार प्रकाशन गरेका थिए ।

गएको शुक्रबार विवेकशील साझाका संयोजक उज्जल थापासहित १६ जनाले छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।