नेपाली सिनेमा क्षेत्रका बर्षा राउत र संजोग कोइरालाले फागुन २ मा बिबाह गर्दै

काठमाडौँ – नेपाली सिनेमा क्षेत्रमा खुला पंक्षी सरह प्रेम सम्बन्धमा रही सार्वजनिक भएका जोडी हुन बर्षा राउत र संजोग कोइराला । बिगत ६ बर्षदेखि प्रेम सम्बन्धमा रहेका बर्षा र संजोग एक अर्काका प्रेमी प्रेमीकामात्र नभई बिजनेस पार्टनरसमेत हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीलाई दर्शकहरुले मन पराएको जोडी पनि हो । प्रियकां आयुषमान र दिपिका प्रसाई र दिवाकर भट्टराइको इन्गेज्मेण्टपछि बर्षा र संजोगले पनि बिवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दे आएका थिए । केही समय अगाडी यही बर्षभित्र बिवाह गरिसक्ने घोषणा गरेका यी प्रेम जोडीको अन्तत बिवाहको मिती फाईनल भएको छ ।

यी दुईले एकसाथ सामाजिक सञ्जालमाफर्त डिजाइन गरिएको एक कार्डमार्फत् बिवाहको मिती घोषणा गरेका छन् । बर्षा र संजोग प्रेम दिवस अर्थात फागुन २ गते बैवाहिक जीवनमा बाँधिने भएका छन् । यो कार्ड सार्वजनिक भएलगत्तै उनीहरुलाई बधाईको ओहिरो लागिरहेको छ । यी दुबैले भनेका छन् योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं । अन्तत अब बर्षा र संजोगले बिवाह कहिले गर्ने भन्ने प्रश्नबाट मुक्ती पाउँने भएका छन् ।

म्युजिक भिडियो हुँदै नाई नभन्नू ल ४ बाट डेब्यु गरेकी बर्षा अहिले सिनेमा क्षेत्रकी चर्चित अनि व्यस्त नायिकामा पर्छिन् । संजोग फिल्ममा कम व्यवसायमा बढि ध्यान दिन्छन् । भर्खरै मात्र गोपी , दाल भात तरकारी , जात्रै जात्रामा काम गरेकीछिन् भने उनको फिल्म चौका दाउ यतिबेला रिलिज भईरहेको छ । ६ बर्ष अघि एक अडिसनको क्रममा एक अर्कालाई भेटेका बर्षा र संजोगले आफनो प्रेमलाई भने कहिले पनि लुकाएनन् । जे होस प्रेम जोडीको रुपमा चर्चित र आर्दश मानिएको यो जोडीलाई बैवाहिक जीवनको अग्रिम शुभकामना