टिकटकवाली रेश्मा र आशिफको इन्स्टाको फोटो सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, माघ १ । अभिनेता तथा नेपाल आइडल सिजन २ का होस्ट आसिफ शाहले सामाजिक संजाल टिकटकबाट निकै चर्चामा आएकी रेश्मा घिमिरेसँग जोडी बाँधेका छन् । तर यो जोडी रियल लाइफमा नभई रिल लाइफमा बाँधिएको हो ।

चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाले बिल्कुल नयाँ शैलिमा तयार पारेको ‘इन्स्टाको फोटो’बोलको गीतको म्युजिक भिडियोमा यी दुईको जोडी जमेको हो ।

सोमबार युट्युबबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियो अरु भन्दा निकै फरक रहेको छ । कालिप्रसादको यो गीतमा गीत गाउने शैलीदेखि यसमा प्रयोग भएका विभिन्न बाजाहरुले गीतलाई विशेष बनाएको छ । लोकेश बज्रचार्यले सम्पादन गरेको भिडियोलाई हरि हुमागाँइले खिचेका हुन् ।

भिडियो हेर्नुहोस् :