कंगनाको दुखेसो : मैले दिपिका र आलियाको कामको खुब प्रसंशा गरें, तर उनिहरुले मलाई जहिल्यै बेवास्ता गरे !

एजेन्सी, १ माघ । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री कंगना रनावत बेला-बेलामा आफ्नो अभिव्यक्तिका कारण पनि चर्चामा आइरहछिन् ।

अहिने उनि फिल्म ‘मणिकर्णिका’ को प्रमोसनमा ब्यस्त छिन् । कंगनाको मुख्य अभिनय रहेको यो चलचित्र २५ जनवरीमा रिलिज हुदैछ । फिल्ममा कंगनाले झांसीकी रानीको रोल निभाएकी छिन् । यस फिल्मको ट्रेलर पनि रिलिज भैसकेको छ । उनको आउन लागेको यो फिल्मले रिलिज अगावै निकै चर्चा बटुल्न सफल भएको छ ।

यसैबीच कंगनाले बलिउडका नम्बर वान अभिनेत्री दिपिका पादुकोण र आलिया भट्टलाई एक आरोप लगाएकी छिन् । यी दुइलाई एकसाथ कंगनाले आफ्नो तुलना गर्दै भनेकी छिन्, ‘म कुनै पनि अभिनेत्रीहरुसँग डराउदिन । मैले सधै सबैको कामको प्रशंसा गरेको छु । मैले आलियाको फिल्म ‘राजी’ हेरेर उनको अभिनयको तारिफ गरेको थिए ।

त्यस्तै कंगनाले दिपिकालाई लिएर भनेकी छिन्, ‘जब मैले ‘पिन्कु’ र ‘पद्मावत’ फिल्म हेरे त्यसपछि मैले दिपिकाको निकै तारिफ गरे । तर मलाई यसको बदलामा कहिल्यै प्रशंसा मिलेन । यहा सम्म कि मेरो आगामी चलचित्र ‘मणिकर्णिका’ को ट्रेलर र टिजरको बारेमा पनि कुनै कुरा भएन । मलाई सधै लाग्ने गर्छ कि उनीहरुले मलाई बेवास्ता गरिरहेका छन् ।