माघी पर्वका बेलामा तिलको लड्डु खानुका फाइदाहरु….

माघे संक्रान्ति पर्वमा विभिन्न किसिमका तरुलहरुको परिकार खाने चलन छ। जसमध्ये एक परिकारहो तिल लड्डु । यो निकै स्वादिलो हुने गर्छ । यदि माघी पर्वमा तिलको लड्डु खाने गरेमा शरीरको जाडो भाग्ने विस्वाश छ । तिलको लड्डु स्वादको लागि मात्र भएर स्वास्थ्यको लागी पनि निकै लाभदायक छ ।

तिलको लड्डु खानाले हाम्रो शरीरलाई हुने फाइदाहरु यस प्रकार छन् :

१) तिलको लड्डु खाँदा शरिरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुन्छ ।

२) तिलमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरको सेल्सको गठन हुन रोकिदिन्छ जसले गर्दा क्यान्सर हुने सम्भावना कम हुन्छ।

३) यसमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ र जोर्नी दुखाईबाट राहत प्रदान गर्दछ ।

४) सख्खरमा र तिलमा फाइबर हुन्छ जसले पाचन शक्तिलाई बलियो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।

५) यसमा जिंक हुन्छ जसले चाँडै नै चोटपटक ठिक गर्न सहयोग गर्दछ ।

६) सख्खरमा आइरनको मात्रा अत्यधिक हुन्छ जसले गर्भावस्थाको क्रममा रगतको कमी टाढा राख्न मद्दत गर्दछ ।

७) तिलको लड्डु सख्खरको मिश्रणले बनाइने भएकाले यी दुईको सेवनले शरिरको मेटाबोलिजम बढाएर तौल कम गर्न सहयोग गर्दछ ।

८) तिलसँगै सख्खर खाँदा शरिरको टक्सिन बाहिर आउँछ जसले छालालाई नरम र चम्किलो बनाउँछ ।

९) यसमा पोटासियम हुन्छ जसले मुटु रोगको समस्याबाट बच्न सहयोग पुर्याउँछ ।

१०) यसले रुघाखोकी निको पार्न मद्धत पुर्याउँछ ।