प्रोड्युसर सुनिल रावलमाथि यौन दुर्ब्यबहारको आरोप लगाएकी नायिका स्यारोन ग्ल्यामर फोटोसुटका कारण फेरी आइन् चर्चामा ! (हेर्नुहोस् उनको हट तस्बिरहरु)

काठमाडौँ, १ माघ । चलचित्र ‘सायद २’ बाट नेपाली सिने जगतमा डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हट फोटोसुटको कारण यतिबेला चर्चामा रहेकी छन् । सानै देखि ग्ल्यामर र हट बन्न चाहने स्यारोनले मिस टिन २०१३ को उपाधी समेत हात पारेकी छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी स्यारोनले आफ्नो ग्ल्यामर तस्वीरहरु पोष्ट गर्दै आएकी छन् ।

उनले आफ्नो डेब्युमा चलचित्र प्रोड्युसर सुनिल रावलमाथि पत्रकार सम्मेलन गरेरै यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यहि कारण पनि चर्चामा आएकी स्यारोनले सुनिल रावलसँग एकअर्काको व्यक्तिगत र व्यवसायिक जीवनलाई धरपकट पार्ने गरेर कुनै अभिव्यक्ति नगर्ने सहमति गरेर यो विषयलाई टुङ्ग्याएका थिए ।

हेर्नुहोस् स्यारोनले आफ्नो इन्स्टाग्राममा सेयर गरेको हट तस्वीरहरु :