आज माघे सङ्क्राती ! सुनचाँदी मुल्य ह्वात्तै बढ्यो,यस्तो छ आजको भाउ

काठमाडौँ,१ माघ । नेपाली बजारमा आज मंगलबार सुनचाँदी मुल्य बढेको छ । केहि समय अघि देखि घट्ने बढ्ने क्रम चलिरहेको बेला आज भने बढेको हो। आज सुनको प्रतितोला मुल्य तोलामा एक्कासी ४ सय रुपैयाले बढेको हो ।

सोमबार प्रतितोला ६० हजार ६ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज तोलामा ६१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ६० हजार ७ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यसैगरी,आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । सोमबार प्रतितोला ७ सय ६० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ७ सय ६५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।