निरुताको चर्को डिमाण्डले निर्मातालाई टेन्सन !

काठमाडौँ – नेपाली सिनेमा क्षेत्रमा नाई नभन्नू ल ५ बाट कमव्याक गरेकी चर्चित नायिका निरुता सिंहलाई यतिबेला फिल्मको अफरको कुनै कमी देखिएको छैन । सुन्दरता र आफनो अभिनयबाट लाखौँ दर्शकहरुको मन जितेकी निरुतालाई पर्दामा धेरै भने मह संचारको फिल्म दाल भात तरकारीमा देख्न सक्छन् । यस फिल्ममा उनी कमेडी अवतारमा देखिँदैछिन् । उनको आगमनलाई लिएर दर्शकहरुमा देखिएको उत्साहाको कारण निर्माता निर्देशकहरु निरुतालाई एक पछि अर्काे गर्दे फिल्मको अफर गरिरहेका छन् ।

सम्भवत आफनो क्रेज अझै पनि रहेछ भन्ने बुझेर नै होला निरुताले चर्काे पारिश्रृमिक डिमाण्ड गर्न थालेकीछिन् । केही समय अगाडीमात्र प्रदिप खड्काको लभ स्टेशन फिल्म छाडेकी निरुताले निर्माता निर्देशक सामु ५ लाख सम्म डिमाण्ड गर्न थालेको खबर बाहिरिएको छ । भर्खरै मात्र बिकास राज आचार्यको फिल्म हजार जुनीसम्म छोडेकी निरुताले यस फिल्ममा ५ लाख मागेको तर पारिश्रृमिकमा कुरा नमिलेपछि उनले फिल्म छाडेको चर्चा छ ।

त्यतीमात्र होईन पुजा शर्मा र सुर्दशन थापाको फिल्म सम्हालिन्छ कहिले मनका लागि पनि अफर गरिएको थियो त्यहाँ पनि निरुताको डिमाण्ड ५ लाख नै थियो । सोही कारण उक्त फिल्ममा निर्माताले यतिबेला गौरी मल्ललाई अनुबन्धित गरेका छन् । कुनै समय पर्दामा नचलेपछि मुम्बई हानिएकी निरुताको कमव्याकलाई सबैले स्वागत गरेका छन् तर चरित्र अभिनेत्री निरुताको उक्त डिमाण्ड भने कमै फिल्म मेकरले पुरा गर्न सक्लान् । किनकी ५ लाख पारिश्रृमिक त चलेका कलाकारहरुले पनि पाउँन मुस्किल छ ।