शुटीङ्ग सेटमै युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको गर्लफ्रेण्डले गरिन हङ्गामा : पोखरामा भयो बबाल, रोकियो ‘शुभलभ’को शुटिङ्ग (भिडियो हेर्नुस)

काठमाडौँ । चर्चित युवा ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ को सुटिङ्ग अहिले पोखरामा भैरहेको छ । सुटिङ्ग हुदै गर्दा ज्योतिष तथा अभिनेता हरिहरको प्रेमिका एक्कासी रिसाउदै सेट मै प्रवेश गरेर हरिहरसंग चिच्याउन थाल्छिन । मेरो फोन नउठाउने, मेरो मेसेजको जवाफ नदिने के हो यो ? उनि अझ रिसले चुर हुन्छिन । त्यतिकैमा हरिहरले भन्छन : तपाई को हो ? म तपाईलाई चिन्दिन ।

युवतीले भन्छिन : मलाई तपाइले चिन्नुहुन्न, म पागल हु त्यतिकै यहा आउने ? अचानक सुटिङ्ग सेटको माहोल नै अस्तव्यस्त हुन्छ । युवती रुन थाल्छिन । सुटिङ्ग युनिट नै चकित पर्छन । भएको के रहेछ भन्दा हरिहर त प्र्यांक पो परेका रहेछन । हेर्नुहोस निक्कै रमाइलो भिडियो :