हैसियतबिहिन भएकै हुन् त पुर्व राजा ज्ञानेन्द्र : सरकारको मर्यादा क्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण, पूर्वराजा ज्ञानेन्द्रको बरियता भने गायब !

काठमाडाैं, १ माघ । राष्ट्रिय मर्यादा क्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गर्दा पुर्व राजा ज्ञानेन्द्र शाह भने मर्यादाक्रममा आउट भएका छन् ।

सरकारले मन्त्रीपरिषद् बैठकबाट पारित गरेको राष्ट्रिय मर्यादा क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको हो ।

गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्रीपरिषद् बैठकले केही दिनअघि मर्यादाक्रम पारित गरेको थियो । पारित गरिएको मर्यादा क्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन ।