उमेरमा छोरी भन्दा चार वर्ष कान्छी छन् यी अभिनेताकी चौथी पत्नी

एजेन्सी। १६ जनवरी, १९४६ मा लाहोर पाकिस्तानमा जन्मिएका कबीर बेदी ७३ वर्षका हुँदैछन्। उनले आफ्नो ७० औं जन्म दिन भन्दा एक दिन पहिला १५ जनवरी, २०१६ मा कबीरले आफूभन्दा २९ वर्ष कान्छी गर्लफ्रेण्ड परवीन दोसान्जसँग विवाह गरे। कबीरकी चौथी पत्नी परवीन (४४ वर्ष) उनकी छोरी पूजा देवी (४८) भन्दा चार वर्ष कान्छी छन्। कबीरकी कान्छी पत्नी परवीन बेलायती मुलकी अभिनेत्री र मोडल हुन् र उनी कबीरसँग करिव १० वर्षसम्म लिभ इन रिलेशनशिपमा थिइन्।

कबीर बेदीको पहिलो विवाह डान्सर प्रोमिता बेदीसँग १९६९ मा भएको थियो। प्रोतिमा–कबीरका दुई सन्तान छन्। पूजा बेदी र छोरा सिद्धार्थ। प्रोतिमाले कबीरसँग अगल भएपछि पनि आफूले कबीरलाई जसरी कसैलाई पनि माया गर्न नसक्ने बताउँदै आएकी छन्। यहीबीचमा छोरा सिद्धार्थले आत्महत्या गरेपछि कबीर र प्रोतिमालाई ठूलो झड्का लागेको थियो। केही समयपछि प्रोतिमाको पनि एक दुर्घटनामा निधन भएको थियो।

प्रोतिमासँग सम्बन्ध बिग्रिएपछि कबीरको अफेयर परवीन बाबीसँग चल्यो। कबीरसँग परवीनले हलिउडसम्म सफर गरेकी छन्।
परवीन बाबीपछि कबीरको सम्बन्ध ब्रिटिश फेशन डिजाइनर सुसैन हम्फ्रेससँग जोडियो। दुवैले विवाह गरे। यद्यपी यो विवाह धेरै दिनसम्म टिकेन। र उनीहरुबीच सम्बन्ध विच्छेद भयो। सुसैन र कबीरका एक छोरा छन्। जसको नाम एडम हो। उनी अन्तर्राष्ट्रिय मोडल हुन्।

१९९० को दशकमा कबीरले तेस्रो विवाह टिभी तथा रेडियो प्रस्तोता निक्कीसँग गरे। २००५ मा यो सम्बन्ध समाप्त भयो। दुवैका कुनै सन्तान छैनन्। त्यसपछि कबीर बेलायती मुलकी अभिनेत्री एवं मोडल परवीन दोसांजसँग रिलेशनशिपमा थिए। केही समयपछि उनीहरुले विवाह गरे। कबीरको परवीनसँग पहिलो भेट लन्डनको एक खेलका क्रममा भएको थियो।

यो करिव १२ वर्ष पहिलाको कुरा हो। परवीन दुसांजले एक अन्तर्वातामा बताए अनुसार उनी बेलायतमा जन्मिएपनि पंजाबी सिख परिवारसँग सम्बन्धित थिइन्। उनी गुरमुखी निकै राम्रोसँग बढ्न सक्छिन्।
कबीर र परवीनको विवाह १५ जनवरी, २०१६ मा भएको थियो। यद्यपी उनीहरु विगत दश वर्षदेखि रिलेशनमा थिए।