दक्षिण अफ्रिकाद्वारा पाकिस्तान क्लिनस्वीप

काठमाडौं, १ माघ । पाकिस्तान र दक्षिण अफ्रिकाबीचको तीन टेस्टको सिरिजमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई क्लिन स्विप गरेको छ ।

अन्तिम टेस्टमा १०७ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज क्लीनस्वीप गरेको हो ।

३८१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २७३ रनमा समेटिएको थियो । पाकिस्तानका लागि आशिद सफिकले सर्वाधिक ६५ रन बनाउँदा सहाव खानले नट आउट ४७ रन जोडेका थिए ।

दक्षिण अफ्रिकाका डुवान ओलिभर र काशिको रावडाले तीन तीन विकेट लिए पछि पाकिस्तानी इनिङ्स धारासयी भएको थियो। डेल स्टेनले २ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो पालिमा २६२ रन बनाउँदा पाकिस्तानलाई १८५ रनमा समेटेका थियो । पहिलो पालिमा ७७ रनको अग्रता बनाएको अफ्रिकाले दोस्रो पालिमा ३०३ रन बनाए पछि पाकिस्तानले ३८१ रनको चुनौती पाएको थियो ।