‘सय कडा दश’ को दोस्रो गीत ‘पिरतीको गाँउ’ सार्बजनिक, अमृत र करुणाको रोमान्स (भिडियोसहित)

काठमाडौं, १ माघ । नेपाली चलचित्र ‘सय कडा दश’ को ‘पिरतीको गाँउ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।

चर्चित गायक स्वप्न सुमन र कभर गायिका तिर्सला गुरुङको स्वर रहेको गीत हाइलाइट्स नेपालको युट्युबमार्फत सार्वजनिक भएको हो ।

रवि मल्लको शब्द र कल्याण सिंहको संगीत रहेको गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने र सोनिया राईलाई फिचर गरिएको छ ।

रामशरण पाठकले निर्देशन गरेको फिल्ममा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डंगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौला लगायत कलाकारहरूको अभिनय रहेको छ ।

रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय र संजीव न्यौपानेको लगानीमा बनेको फिल्म माघ १८ गतेदेखि देशभर प्रर्दशन हुँदैछ ।

भिडियो हेर्नुहोस् :