‘प्रेममा यौन आवश्यक छ, सुहागरातमा मात्रै सेक्स गर्नु उचित होइन’

एजेन्सी। ६४ वर्षकी बलिउड अभिनेत्री रेखा कुनै न कुनै कारणले चर्चामा रहिरहन्छिन्। केही दिन अगाडि उनले यदि आफ्नी छोरी भएकी भए कंगना रनोट जस्तै हुने अभिव्यक्ति दिएर चर्चामा छिन्। चार दशक पहिला रेखाले यस्तै बयान दिएर सबैलाई चकित पारेकी थिइन्। करिव चार दशक पहिला रेखाले एक अन्तर्वातामा सेक्स लाइफका विषयमा खुलेर कुरा गरेकी थिइन्। रेखाका अनुसार विना सेक्स कुनै पनि पुरुषको नजिक हुन सकिँदैन। ‘तर म कहिल्यै गर्भवती बन्न सकिन’, उनले भनेकी थिइन्।

यासेर उस्मानको किताब ‘रेखाः एन अनटोल्ड स्टोरी’ मा रेखाको यो अभिव्यक्तिलाई पनि समावेश गरिएको छ। उक्त किताबका अुसार करिव ४० वर्ष पहिला रेखाले भनेकी थिइन्, ‘तपाइँ कुनै पनि पुरुषको नजिक वास्तवमा सेक्स विना हुन सक्नुहुन्न। खै के कारणले हो म गर्भवती भने भइन्। प्रेममा सेक्स एक सामान्य प्रक्रिया हो। केही मानिसहरु महिलाले सुहागरातमा मात्रै सेक्स गर्नुपर्छ भन्ने तर्क बकवास हो।’

रेखाको विवाह १९९० मा दिल्लीका व्यापारी मुकेश अग्रवालसँग भएको थियो। तर विवाहको सात महिनापछि मुकेशले रेखाको सलमा झुण्डिएर आत्महत्या गरेका थिए। यो घटनामा धेरैले रेखालाई दोषी ठहर्याए। बलिउडमा मात्र शशि कपुर रेखाको पक्षमा उभिएका थिए। अन्य सबैले मुकेशको आत्महत्यामा रेखाको हात रहेको बताएका थिए।

यो विषयमा कुरा गर्दै रेखाले एक अन्तर्वातामा भनेकी छन्, ‘जीवनमा यति धेरै भइसक्दा पनि मलाइ मानिसहरुप्रति भरोसा छ। मेरो विवाहको विषयमा मानिसहरुलाई त्यही थाहा छ जे कुरा लेखिएको छ। यो भन्दा धेरै जान्दैनन्। त्यो महिला जो प्रत्येक दिन निजी नरकबाट गुज्रिइन्। उनले आफूमाथि परेको विपदलाई बचाउने आँट गरिन्, आज केवल लेन देन र देन लेनको मात्र कुरा हुन्छ। यसमा मेरालागि के छ? यस्तो बेला यस्तो पनि थियो म वास्तवमा नरकबाट गुज्रिएकी थिएँ।’