समायोजनका लागि साँढे ५२ हजार कर्मचारीले फारम भरे

काठमाडौं, १ माघ । सरकारले कर्मचारी समायोजन बिधयक ल्याएपछि समायोजनका लागि ५२ हजार तीन सय ९० कर्मचारीले फारम भरेका छन् ।

निजामतीतर्फ ५१ हजार दुई सय ८४ र स्थानीय तहलगायत अन्य सेवाका एक हजार एक सय ७ जनाले समायोजनको लागि फारम भरेका हुन् ।

संघमा ३६ हजार एक सय १०, प्रदेशमा ४४ हजार सात सय ६३ र स्थानीयमा दुई लाख ४८ हजार छ सय ६० ले फारम भरेको कर्मचारी महाशाखाका प्रमुख केदार पनेरुले बताएका छन् ।