माघे संक्रान्तीको दिन यसरी घरमै बनाउनुहोस् तिलको लड्डु (विधि/भिडियोसहित)

काठमाडौं, १ माघ । आज माघेसंक्रान्ति, हिन्दू धर्मालम्वीको महत्वपूर्ण पर्वमध्ये एउटा पर्व हो माघेसंक्रान्ति । माघे संक्रान्तिमा थारू समुदायले माघी पर्वका रूपमा पनि मनाउँछन् भने अरु समुदायले पनि यो पर्व मनाउने प्रचलन छ ।

थारुहरुले मनाउने माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । माघे संक्रान्तिको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने समुदाय अनुसार यस दिन विभिन्न परिकार बनाएर खाने प्रचलन छ । यस मध्ये एउटा हो तिलको लड्डु ।

हुन त तिलको लड्डु आजभोलि बजारमा किन्न पनि पाइन्छ । तर बजारमा किनेको लड्डु स्वास्थ्यकर नहुन सक्छ । त्यसैले यो घरमै बनाएर खान उपयुक्त हुने गर्दछ । त्यसकारण आज हामी तपाइँलाई घरमै तिलको लड्डु कसरी बनाउने भन्ने बारेमा जानकारी दिन लागिरहेका छौं ।