प्रिया प्रकाशलाई पहिलो गाँसमै ढुंगा, श्रीदेवीको मृत्युमा आधारित फिल्म ‘श्रीदेवी बंग्लो’को टिजर सार्वजनिक पछि ट्रोल बनिन् उनि !

एजेन्सी, १ माघ । आँखा झिम्क्याएको सानो भिडियो क्लिपका कारण सन् २०१८ मा रातारात सेलिब्रेटी बनेकी प्रियां प्रकाश हिंदी फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।

उनि बलिउड अभिनेत्री श्रीदेवी र उनको दुर्घटनावस भएको मृत्युमा आधारित फिल्म श्रीदेवी बंग्लोमा देखिने भएकी हुन् ।

यस चलचित्रको टिजर समेत सार्वजनिक भइसकेको छ । टिजर रिलिज भएपछि प्रिया प्रकाशको सामाजिक सञ्जालमा ट्रोल बन्न थालेका छन् ।

हालै सार्वजनिक भएको टिजरमा श्रीदेवीलाई न कोही सम्झिएको छ न त उनको कथामा आधारित भनेर कतै उल्लेख गरिएको छ। यसै कुरालाई लिएर प्रिया प्रकाश ट्रोल भएकी हुन् ।

चर्चित बलिउड अभिनेत्री श्रीदेवीको केही समयअघि बाथटपमा डुबेर मृत्यु भएको थियो। उनको मृत्युको कारण अहिले पनि रहस्यमय छ ।