सभामुख ः शुभकामना

खस्यौली, १ माघ | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले मकर सङ्क्रान्ति अर्थात् माघी पर्व २०७५ को अवसरमा आज शुभकामना दिँदै यस पर्वले विभिन्न जातिबीच आपसी सदभाव, मित्रता र भाइचारा सम्बन्धको विकास गरी सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले यस पर्वबाट मित्रता, मेलमिलाप, सहिष्णुतालाई अक्षुण्ण राख्न सकिने पनि बताउनुभएको छ । माघीलाई मगर, थारू र छन्त्याल समुदायले हर्षोल्लासका साथ मनाउने गर्छन् । रासस