उपराष्ट्रपतिद्वारा झोलुङ्गे पुल अवलोकन

पर्वत, ३० पुस | उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुलको आज अवलोकन गर्नुभएको छ ।

जैमिनी नगरपालिकाको कुश्मिशेरामा आयोजना हुने प्रथम जैमिनी महोत्सव उद्घाटनका लागि पर्वत आउनुभएका पुनले यस्ता खालका संरचनाले नागरिकहरुको दैनिकीलाई सहज बनाएको बताउनुभयो ।

सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङ र पर्वतकै ग्रामीण क्षेत्र जोड्न चार अग्ला र लामा पुल निर्माण भएका छन् । पुल अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको समेत भीड लाग्ने गर्दछ । रासस