प्रादेशिक विश्वविद्यालयका लागि कार्यदल

हेटाँैडा, ३० पुस | प्रदेश नं ३ सरकारले विश्वविद्यालय स्थापनाका लागि सामाजिक विकासमन्त्री युवराज दुलालको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

सो कार्यदलको सदस्य सचिवमा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख खेम भुषाल रहनुभएको छ । कार्यदलको सदस्यमा प्राध्यापक डा युवराज सङ्ग्रौला, प्राध्यापक डा रमेशप्रसाद भट्टराई, प्राध्यापक डा हरिकृष्ण श्रेष्ठ, प्राध्यापक डा अञ्जना सिंह र प्रा जगतकुमार श्रेष्ठ रहनुभएको छ ।

कार्यदल गठन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यदल गठन गर्न बाटो खुलेको थियो । कार्यदलले दुई महीनाको अवधिमा विश्वविद्यालय स्थापनाका लागि आवश्यक अध्ययन अनुसन्धान गरेर प्रतिवेदन बुझाउने जनाइएको छ | रासस