सरल कर्जाका लागि विदेशबाट फर्किएका २० हजार युवाले दिए आवेदन, यसरी पाइनेछ १० लाख सहुलियत ऋण (सुचनासहित)

काठमाडौं, ३० पुस । वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई सरकारले सरल कर्जा दिने भएपछि हाल सम्म करिव्व २० हजार युवाहरुले आवेदन दिएका छन् ।

विदेशबाट फर्किएका कुनै निश्चित सीप भएका कामदारलाई सरकारले उपलब्ध गराउने सरलकर्जाका लागि २० हजारले आवेदन दिएका बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

यसरी आवेदन दिनेमा महिला भन्दा पुरुष कामदारको उपस्थिति उल्लेख्य रहेको छ ।

विदेशमा कम्तिमा ६ महिना काम गरेर फर्किएका युवाले यस्तो ऋणका लागि आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारबाट फर्किएर नेपालमै व्यवसाय गर्न चाहने युवालाई सरकारले सहजिकरण गरेर बाणिज्य बैंकहरुले ऋण दिनेछन् ।