१ किलो सुन सहित ३ जना पक्राउ

काठमाडौँ , ३० पुस । विभिन्न तरिका लगाएर सुन तस्करी गर्न छाडेका छैनन् तस्करहरुले । प्रहरी प्रशासनले जति कडाइ गरे पनि सुन तस्कर भइरहेकै छ ।

पछिल्लो समय काठमाडौँको असन बजारबाट १ किलो सुन सहित ३ जना पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरी परिसरले सोमबार १ किलो सुन सहित तीन जनालाई पक्राउ गरेको हो । यसबारे पूर्ण विवरण आउँन बाँकी छ ।