जाडो भगाउने र स्टाइलिस्ट लुक्स दिने यी हुन् ५ ज्याकेट !

एजेन्सी, ३० पुस । जाडो मौसममा बाकुलो लुगा लगाउनु पर्ने भएकोले युवतीहरुलाई आफ्नो सुन्दर लुक्स ओझेलमा पर्छ भन्ने चिन्ताले सताउने गर्दछ । तर जाडोमा लागाउने यस्ता ज्याकेटहरु पनि छन् जसले तपाइँलाई सोचेभन्दा धेरै नै स्टाइलिस्ट देखाउने गर्दछ । आज हामी तपाइँलाई तिनै स्टाइलिस्ट ज्याकेटको बारेमा जानकारी दिनेछौं ।

१. ट्रक ज्याकेट: ट्रकर ज्याकेट डेनिम/जिन्सको ज्याकेटमा दुवै तर्फ गोजी हुन्छ । यस्तो ज्याकेटको पछिल्लो तर्फ हातबाट पेन्ट भएको डिजाइन, बीड्स, ब्राड एम्बेलिशमेन्ट र पैच बनेको हुन्छ, जस कारण यो ज्याकेटले निकै फंकी लुक दिन्छ ।

२. ब्लोजन ज्याकेट: ब्लोजन ज्याकेट थोरै लुज हुन्छ तर इलास्टिक कपडाको साथ यो कम्मरको वरिपरी फिट हुन्छ । यो बम्पर ज्याकेट जस्तै देखिन्छ तर यो विभिन्न रेञ्जमा आउँछ जस्तै जिपर, बटन र विभिन्न कलर प्याटर्न आदि ।

३. अनोरक अर्थात् पारकास ज्याकेट: यि दुई एकै खालका ज्याकेट हुन् । यद्यपी, पारकास प्राय: अनोराक्सको तुलनामा लामो हुन्छ र त्यसमा फर जोडिएको हुन्छ ।

४. बाइकर ज्याकेट: लेदर बाइकर ज्याकेटमा निकै जिप पट्टि र बकल हुन्छ । बाइकर ज्याकेट बाहिर जान र रोड ट्रिपको लागि एकदम सही हुन्छ । यो अन्य ज्याकेटले तुलनामा तपाइलाई एक अलग रूप दिन्छ । सेतो टी-शर्ट, कालो जिन्स, हिल जुत्ताको साथ कालो रंगको ज्याकेट निकै सुन्दर देखिन्छ ।

५. बम्बर ज्याकेट: सामान्य टिसर्ट र जिन्सको साथ यसलाई लगाउँदा तपाइलाई राम्रो लुक दिन्छ । यसले तपाइलाई तातो दिनुको साथ-साथ स्टाइलिश देखिन मद्दत पुर्याउँछ । यो विभिन्न कपडा जस्तै सिन्थेटिक, लेदर, पलीकटनमा उपलब्ध छ ।