भारतीय सेना प्रमुख रावतले आफ्ना जवानहरुलाई ‘कट्रिना, प्रियंका र करिनालाई साथी नबनाउ’ भन्ने निर्देशन दिएपछि हङ्गामा !

एजेन्सी, ३० पुस । भारतीय सेना प्रमुख जनरल बिपिन रावतको बारेमा निकै रोचक खबर छापिएको छ ।

पाकिस्तानको पत्रिका जंगमा जनरल रावतको बारेमा यस्तो रोचक खबर छापिएको हो ।

भारतीय मिडियाको हवाला दिँदै पत्रिका जंगले लेखेको छ, ‘भारतीय सेना प्रमुखले आफ्ना जवानलाई सोसल मिडियामा कट्रिना, प्रियंका, करिना नाम राख्ने कुनै पनि युवतीलाई कहिले पनि साथी नबनाउन सल्लाह दिएका छन् ।’

पत्रिकाले अगाडी लेखेको छ, ‘जनरल रावतले आफ्ना जवानलाई यो रोचक सल्लाह दिँदै भने’, ‘फिल्मी हिरोइनको नाम राख्ने प्रोफाइलसँग तपाईं कहिले पनि साथी नबन्नुहोस् ।’

त्यसो त जनरल रावत आफ्ना बयानका कारण सधैं चर्चामा हुन्छन् ।