प्रचण्डले गरे खुलासा : अबको १० बर्ष सक्रिय राजनीति र देशको उच्च विकास (भिडियो सहित)

काठमाडौँ । नेपाल देश भक्त गणतान्त्रिक मञ्च ले आयोजना गरेको सम्मान एवम पुस्तक बिमोचन कारेक्रम को प्रमुख अतिथीका रुपमा कारेक्रमलाइ सम्बोधन गर्दै नेकपा अध्यक्ष क प्रचण्ड ले बाबा बस्नेत द्वारा लिखित खण्ड काव्य सेतो फरिया नामक पुस्तक को बिमोचन गर्दै विश्वका कुनै पनि राजनैतिक परिवर्तन भीषण संघर्षले मात्र भएको उल्लेख गर्दै परिवर्तनलाई जिवनो पयोगी बनाउन प्रयत्न गरिरहेको उल्लेख गर्नु भएको छ ।

राजनीतिक रुममा मुलुक त्यति जटिल नभएको भए पनि राजनीतिक परिवर्तन को स्थायित्व ब्यवस्थित भै नसकेको कारण यसबेला भावात्मक रुपले नै परिवर्तनलाई निदृस्ट गर्न सास्कृतिक साहित्यिक अभियान को मुख्य भुमिका रहेको उल्लेख गर्नु भएको छ । संविधान प्रगतिशील बनेको अवस्था भए पनि जब सम्म यो संविधानले जनताको जीवन मा अनुभूति हुने परिवर्तन महसुस हुदैन तब सम्म जनता ढुक्क हुने स्थिती नभएको उल्लेख गर्नु भयो । बिगत मा काङ्ग्रेसलाई जनताले अवसर दिए पनि जनताको अवस्थामा कुनै परिवर्तन नआएपछि यो पटक जनताले कम्युनिस्टहरुलाई ठुलो अवसर दिएको बताउनु भयो ।

अवसर चुनौती बिहिन नहुने कुरा स्पष्ट गर्दै जनतालाई चुनौती झेलेर सुख दिने कर्तव्य कम्युनिस्टहरुकै काधमा आएको ले यो कर्तव्य पूरा नगरे नेताहुनु वा नहुनुको औचित्य नहुने स्पस्ट गर्नु भयो ।अब को आफ्नो सक्रिय राजनीति बिकास र समृद्धि तिर सक्रियहुने उल्लेख गर्दै यो अब को दस बर्ष नेपालले फड्को मार्ने उल्लेख गर्दै यो महान अभियानमा जनताले साथ दिने कुरामा बिस्वास समेत ब्यक्त गर्नु भयो ।