सयौ किर्ना टोकेपछि अजिङ्गर यस्तो हालत,यसरी उद्दार गरे (भिडियो)

एजेन्सी। एउटा किर्नाले टोक्यो भने कस्तो हुन्छ।तर सयौ किर्नाले टोक्यो भने कस्तो होला । हो त्यस्तै घटना मेलबर्नमा घटेको छ । एक सानो स्विमिङ्ग पूलमा देखा परेको अजिङ्गरको जिउ भरि करि
ब सयौ वटा किर्नाले टोकिरहेको थियो ।

उक्त अजिङ्गरलाई उद्धार गर्ने गोल्ड कोस्ट एण्ड ब्रिसबेन स्नेक क्याचरले सानो भिडियो क्लिप खिचेर सामाजिक संजालमा पोष्ट गरेपछि निकै भाइरल भएको छ ।

किर्नाले तोकेर  घाइते भएको अजिङ्गर पानिमा छटपटाइ रहेको भिडियोमा देख्न सकिन्छ। पिडा सहन नसकेरनै त्यस अजिङ्गर पानि भित्र छिरेको हुन सक्ने स्नेक क्याचर टोलिको बुझाइ छ।

शरीरमा रहेको परजीवीहरुलाई डुबाउनको लागि अजिङ्गर पानि भित्र चिरेको स्नेक क्याचर टोलिको अनुमान छ। स्नेक क्याचर टोलिका अनुसार यदि समयमानै उद्धार नभएको भए अजिङ्गरको मृत्यु पनि सक्थ्यो।