कोमल वली लामो समयपछि मिडियामा, भन्छिन् : क्यान्सर हुनेभयो भन्दै सहयोगको अपिल

काठमाडौँ । चर्चित लोक गायिका कोमल ओलीले पत्रकार सम्मेलन गर्दै आर्थिक सहयोगको अपिल गरेकी छन । उनले आफ्नै जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का एक समाजसेवी ६० वर्षीय रोमर्स भण्डारीलाई बोन म्यारो रोग लागेपछि पिडितलाई सहयोगको आह्वान गरकी हुन् ।

अरुलाई सहयोग गर्ने भण्डारीलाई बोनम्यारो जस्तो प्राणघातक रोग लागेपछि गायिका स्वयम्ले आर्थिक सहयोगको लागी अपिल गर्न पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । डाक्टरको सल्लाह अनुसार बिरामीलाई बचाउन एक मात्र उपाए बोनम्यारोको ट्रान्सप्लान्ट गर्नु पर्ने भएको हुदा धेरै आर्थिक रकम आवश्यक रहेको छ । डाक्टरको सल्लाह अनुसार उनलाई बचाउन लाखौ रुपैया लाग्ने छ । पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस :